|

कालिकोटः  प्रदेश ६ का ७३ स्थानीय निकायमध्ये हालसम्म १७ वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा पुगेका छन्। नेपाल राष्ट्र बैंकको २०७४/२०७५ को मौद्रिक नीतिले अनिवार्य रुपमा सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नु पर्ने बाध्यकारी नीति ल्याए पनि ६ नम्बर प्रदेशकै ५६ स्थानीय तहमा शाखा पुगेका छैनन्।

नेपाल राष्ट्र बैंकका अनुसार देशभर १०९ वटा स्थानीय तहमा भौतिक पूर्वधार तथा सुरक्षाको कारण बैंकले शाखा खोल्न मानेका छैनन्। हालसम्म ७५३ स्थानीय तहमध्ये हालसम्म ३५२ तहमा वाणिज्य बैंकहरूको उपस्थिति रहेको छ। बाँकी २९२ तहमा शाखा खोल्ने प्रतिबद्धता वाणिज्य बैंकहरूबाटले गराएका छन्।

विकट भूगोल भएर पनि होला। प्रायः गाउँपालिका र नगरपालिकामा बाणिज्य बैंकको स्थापना भएको छैन। आर्थिक कारोबार गर्न सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको छ

प्रदेश ६ का हुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट र जुम्ला, जिल्लामा 'घ' वर्गका वित्तीय संस्थाको समेत पहुँच पुगेको देखिदैन। सदरमुकाम बाहेकका स्थानमा शाखा खोलेमा ४० लाखसम्म निव्र्याजी सापटी प्रदान गरिने गर्ने राष्ट्र बैंकको नीति भएपनि ती स्थानीय निकायमा बित्तीय संस्थाहरू पनि खुल्न सकेका छैनन्।

वित्तीय संस्थाहरुले शाखा सञ्चालन नगर्दा स्थानीय तहको काम कारवाहीमा समस्या आएको चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले बताइन्। ‘प्रदेश ६ मा वित्तीय पहुँचको विकास नभएसम्म यहाँको विकास हुनै सक्दैन्।’ सेजुवालले भनिन्।

प्रदेश ६ का स्थानीय तहमा बाणिज्य बैंकहरूको उपस्थिति नहुँदा स्थानीय तहको आर्थिक कारोबार गर्न सदरमुकाम नै धाउनु पर्ने बाध्यता रहेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए।

‘यो प्रदेशमा सबैभन्दा बढी विकट भूगोल परेको छ।’ उनले भने, ‘बिकट भूगोल भएर पनि होला। प्रायः गाउँपालिका र नगरपालिकामा बाणिज्य बैंकको स्थापना भएको छैन। आर्थिक कारोबार गर्न सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.