श्रीमान्थाले शतक हान्दा वसन्तले झारे ४ विकेट
श्रीमान्थाले शतक हान्दा वसन्तले झारे ४ विकेट
काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ को अन्तिम खेलमा नेपाललाई क्यानडाले १९५ रनको लक्ष्य दिएको छ। क्यानडाले ८ विकेटको क्षतिमा ५० ओभर खेल्दै उक्त चुनौती प्रस्तुत गरेको हो।
नेपालको कसिलो बलिङका बाबजुद १९५ रन बनाउने क्रममा क्यानडाका श्रीमान्था विजेरत्नेले शतक प्रहार गरे। उनले १५० बल खेलेर १०१ रन बनाए। शतक रन हान्ने क्रममा श्रीमान्थालाे सोमपाल कामीको बलमा चौका प्रहार गरेका थिए।
क्यानडाका लागि हम्जा तारिकले २४, धिनासाले नटआउट १८ र सइद विन जाफरले १० रन बनाए। अन्य खेलाडीले दोहो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि वसन्त रेग्मीले ४ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा करन केसी र शरद भेषवाकरले १-१ विकेट लिए।
टस जितेर नेपालले क्यानडालाई ब्याटिङको निम्तो दिएको थियो।
विश्वकप २०१८ को छनोटका लागि नेपालले क्यानडालाई पराजित गर्नैपर्ने दबाब छ। आजको खेल नेपालले हारेमा डिभिजन २ मै रहनेछ। जितेमा विश्वकप छनोट खेल्ने मौका मिल्नेछ।
पढ्नुहोस्:
तपाईंको ईमेल गोप्य राखिनेछ ।