खेलकुद

नेपाललाई दुई झट्का, कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र आउट
SHARES

फागुन २, २०७४

    काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ को अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याइरहेको  नेपालका कप्तान र उपकप्तान आउट भएका छन्। 

    पारस खड्कालाई सेसिल पेर्भेजले शून्य रनमा आउट गरेका छन् भने ज्ञानेन्द्लाई पनि उनले नै ९ रनमा आउट गरे। 

    क्यानडाले ८ विकेटको क्षतिमा ५० ओभर खेल्दै उक्त चुनौती प्रस्तुत गरेको हो।

    नेपालको कसिलो बलिङका बाबजुद १९५ रन बनाउने क्रममा क्यानडाका श्रीमान्था विजेरत्नेले शतक प्रहार गरे। उनले १५० बल खेलेर १०१ रन बनाए। शतक रन हान्ने क्रममा श्रीमान्थालाे सोमपाल कामीको बलमा चौका प्रहार गरेका थिए।

    क्यानडाका लागि हम्जा तारिकले २४, धिनासाले नटआउट १८ र सइद विन जाफरले १० रन बनाए। अन्य खेलाडीले दोहो अंकमा रन जोड्न सकेनन्। 

    नेपालका लागि वसन्त रेग्मीले ४ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा करन केसी र  शरद भेषवाकरले १-१ विकेट लिए। 

    टस जितेर नेपालले क्यानडालाई ब्याटिङको निम्तो दिएको थियो। 

    विश्वकप २०१८ को छनोटका लागि नेपालले क्यानडालाई पराजित गर्नैपर्ने दबाब छ। आजको खेल नेपालले हारेमा डिभिजन २ मै रहनेछ। जितेमा विश्वकप छनोट खेल्ने मौका मिल्नेछ। 

    पढ्नुहोस्: 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]