|

बारा : थ्री स्टार क्लब बाराको सिमरामा जारी नवौं सिमरा गोल्डकपमा थ्री स्टार क्लब फाइनल प्रवेश गरेको छ। सिमरा रंगशालामा भएको खेलमा थ्री स्टारले मोरङ फुटबल क्लब बिराटनगरलाई ४–२ गोल अन्तर पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। फाइलन प्रवेशका लागि भएको प्रतिस्पर्धात्मक खेलमा थ्री स्टार क्लबले सुरुदेखि नै अग्रता कायम गरेको थियो। 

थ्री स्टारले खेलको पहिलो हाफको २३औँ मिनेटमा विष्णु गुरुङगले खेलको पहिलो गोल गरेका थिए। खेलको ३५ र ४९औँ मिनेटमा सुनिल बलले २ गोल गर्दै अग्रता बढाएका थिए। थ्री स्टारका लागि खेलको ७७ औं मिनेटमा अनन्त तामाङ्गले थप एक गोल गरे। खेलको अन्तिम १० मिनेटमा मोरङले २ गोल गरे पनि अग्रतालाई तोड्न सकेन्। खेलको ८० र ८३औँ मिनेटमा कर्ण लिम्बूले २ गोल गरेका थिए। दोस्रो गोल लिम्बूले हेडमार्फत गरेका हुन्। 

खेलको म्यान अफ द म्याच थ्री स्टारका सुनिल बल घोषित भएका छन्। प्रतियोगिताको दोस्रो सेमिफाइनलअन्र्तगत बिहीबार वीरगनज युनाइटेड र नेपाली आर्मी क्बलबीच खेल हुने आयोजकले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.