गुल्मी: रेसुङ्गा नगरपालिका १० थालेमाले निवासी ६९ वर्षीय श्यामलाल अर्यालको भीरबाट लडेर मृत्युभएको छ।
रामडाँडा नजिकै निर्माणाधीन बिमानस्थलबाट घर जाने क्रममा लडेर अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।
अर्यालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी ल्याइएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।