अर्थ

रुकुम सिम्लीमा ग्लोबलको शाखारहित बैंकिङ सेवा सुरु
SHARES

फागुन २, २०७४

    रुकुम : रुकुम सानीभेरी गाउँपालिकामा ग्लोबल आईएमई बैंक लिमिटेडले शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। 

    गाउँपालिकाको सिम्लीमा ७०औँ शाखारहित बैंकिङ सेवा उद्घाटन गरिएको हो। शाखारहित बैंकिङ सेवाबाट रेमिट्यान्स र बचत जस्ता सेवाहरू गाउँबाटै गर्न सकिनेछ। सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले स्थानीय तहको कार्यप्रणाली व्यवस्थित गर्न वित्तीय संस्थाको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको बताए। 

    उनले शाखारहित बैंकिङ सेवा सुरु गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा सम्पूर्ण अर्थिक कारोवारको सेवा पुग्ने खालको बैंक शाखा विस्तार गरी सदरमुकाममा धाउनुपर्ने बाध्यता घटाउन अनुरोध गरे। त्यस्तै, कार्यक्रमका विशिष्ठ अतिथि ग्लोबल बैंकका मार्केटिङ डाइरेक्टर प्रवीणविक्रम शाहीले स्थानीय तहमा बैंकिङ सेवाले दिने उद्देश्यका साथ सानीभेरीमा शाखारहित बैंक स्थापना गरेको बताए। 

    उदघाटन कार्यक्रममा सानीभेरी गाउँपालिका उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावल, बैंकका रुकुम शाखाका प्रबन्धक निमेष पुरी, विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]