|

  • राजेन्द्र पनेरु

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ३ का वीरसिंह डडाल अहिले बाख्रा पालन व्यवसयामा छन्। ५ लाख रुपैयाँ आफ्नो बचत र १० लाख रुपैयाँ बैंकबाट ऋण खोजेर उनले बाख्रा फार्म सञ्चाल गरेका छन्।

डडालको फार्ममा उनका फार्ममा ४० बढी बाख्रा छन्। ती ब्राखा चरनको लागि १० कठ्ठा जमिनमा घाँस रोपेका छन्। उनको फर्ममा खरी र जमुनापारी जातका बाख्रा छन्।

उनलाई बाख्रा पालनको लागि प्रेरणा दिने भूमि हो बहराइन। ४ वर्ष बहाराइन बस्दा उनीसँग २ महिना बाख्रा चराउने काम गरेका थिए। व्यवसायी बाख्रा पालनको ज्ञान उनले बहराइनबाट पाँए पछि नेपाल आएर यो व्यवसाय सुरु गरेका हुन्।

'बहराइनमा बाख्रा पाल्ने तरिका सिकेर घर फर्केलगतै फार्म सञ्चालन गरेको हुँ।' डडालले भने। स्थानीय बासिन्दालाई अझै उन्नत जातका बाख्रापालनतर्फ आर्कषण बढाउनका लागि कार्य अगाडि बढाउने सोच रहेको डडालले बताए।

विदेशको कष्ट सहनु भन्दा स्वदेशमै बाख्रापालन गरी बढी आम्दानी लिन सकिदो रहेछ

'विदेशमा धेरै कष्ट गरियो, त्यसैलाई सम्झेर स्वदेशमै केहीगर्ने सोच बाख्रापालन व्यवसायमा संलग्न भएको छु' उनले भने, ‘विदेशको कष्ट सहनु भन्दा स्वदेशमै बाख्रापालन गरी बढी आम्दानी लिन सकिदो रहेछ।'

डडालजस्तै शुक्लाफाँटा नगरपालिका ५ वन समितिका महेन्द्रसिंह बुढा समेत बाख्रापालन व्यवसायमा संलग्न भएका छन्। उनी पनि विदेशबाट बाख्रापालनको अनुभव लिएर नेपाल फर्केर हुन्।  

बुढाको फार्ममा पनि जमुनापारी, खरी, बारवरी जातका बाख्रापालन गरिएका छन्। उन्नत जातको बोका मात्रै ३० हजारमा खरिद गरेर ल्याएको उनले बताए।

विदेशमा कमाएको रकम खर्चेर २० वटा बाख्रा खरिद गरी फार्म सञ्चलान गरेको उनले बताए। बुढा ओमानमा ५ वर्ष बसी नेपाल फर्केका हुन्।  उनले ओमनमा मासिक ६० हजार बढी रुपैयाँ कमाइरहेका थिए।  यत्रो ठूलो रकम कमाउने बुढाले रोजगारी छाडेर स्वदेश फर्किएर बाख्रापालनमा लागेका छन्।

बाख्राका पाठापाठी, खसी, बोका लगायत स्थानीय बजारमै सहज रुपमा खपत हुने भएकाले आम्दानी घरमै बसेर लिन सकिन्छ

विदेशमा व्यवस्थित बाखा्रपालन गरेर मनग्य आम्दानी गरेको देखेर यस व्यवसायमा संलग्न भएको उनको भनाई  छ।

‘बाख्राका पाठापाठी, खसी, बोका लगायत स्थानीय बजारमै सहज रुपमा खपत हुने भएकाले आम्दानी घरमै बसेर लिन सकिन्छ।’ उनले भने । व्यवस्थित बाख्रापालन नहुँदा व्यापारीले बाह्य जिल्लाबाट खसीबोका यहाँ ल्याएर बेच्ने गरेका छन् पशुशाखा पिपलाडीका प्रमुख कृष्णराज भट्टले भने, ‘यहाँ नै व्यवसायिक रुपमा बाख्रापालन गरे चाहेजस्तो आम्दानी लिन सकिन्छ।’

व्यवसायिक रुपमा बाख्रापालनमा संलग्नहरूको मागका आधारमा तालिम र अन्य सुविधा दिन सकिने उनले बताए।

शुक्लाफाँटा नगरपालिकामा चुरे क्षेत्रका बासिन्दाले परम्परागत रुपमा बाख्रापालन गर्दै आए पनि अन्य क्षेत्रमा व्यवसायिक बाख्रापालन गर्नेको संख्या थोरै रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.