|

काठमाडौं : नामिबियामा जारी विश्व क्रकेट लिग डिभिजन २ को अन्तिम खेल खेलिरहेका नेपाल र क्यानडाबीचको खेल वर्षाका कारण रोकिएको छ।

क्यानडाले नेपालाई १९५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले पछ्याइरहेको छ।

वर्षाले अवरुद्ध हुनेबेलासम्म नेपालले ५ विकेट गुमाएर ११५ रन जोडेको छ। क्रिजमा रोहितकुमार पौडेल र आरिफ शेख छन्।

नेपालका लागि दीलिप नाथले सर्वाधिक ४१ रन प्रहार गरेका थिए। अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालले अब १६ ओभर खेल्न बाँकी छ। हालसम्म कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी र दीलिप नाथ आउट भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.