अब सरकार गठन प्रक्रियामा जान्छौँ : नारायणकाजी श्रेष्ठ

|

ललितपुर : नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताका लागि गठन गरेको संयोजन समितिको बुधबार बसेको बैठकले सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ।

ललितपुरको मानभवनस्थित एक घरमा बसेको समितिको ४ घन्टा लामो बैठकपछि बैठकका निर्णयबारे जानकारी दिँदै एमालेका तर्फबाट स‌योजन समितिका सदस्य वामदेव गौतमले पार्टी एकताका लागि संगठनात्मक व्यवस्थापन र विचार तथा सिद्धान्त निर्माणका लागि छुट्टै समिति बनाइने बताए।

माअोवादी केन्द्रका तर्फबाट संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले बुधबारको बैठकमा सबै विषयमा टुंगो लगाउन नभ्याइएको भन्दै बिहीबार पुन: समितिको बैठक बसेर टुंगो लगाइने बताए। उनले निर्वाचन आयोगले राष्ट्रपति समक्ष सबै निर्वाचन परिणाम बुझाइसकेकाले अब वाम गठबन्धन सरकार निर्माणमा पनि केन्द्रित हुने जानकारी दिए।

संयोजन समितिको बैठक बस्नुअघि एमालेको स्थायी कमिटी बैठक बसेको थियो। त्यस्तै, माओवादी केन्द्रको पनि केन्द्रीय कार्यालय सदस्यहरूको बैठक बसेको थियो। 

यो पनि पढ्नुहोस् : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.