खेलकुद

क्यानडालाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश, करण केसीले जिताए म्याच
SHARES

फागुन २, २०७४

    काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको छ। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले  अन्तिम बलमा १ विकेट बाँकी छदा भेटेको हो।

    यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा पुग्दै सन् २०१८ को विश्वकप छनोट खेल्ने भएको छ।

    नेपाललाई करण केसीले महत्वपूर्ण जीत दिलाएका छन्। उनले ३१ बलमा ३ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ४२ रन बनाए। केसीलाई सन्दीप लामिछानेले महत्वपूर्ण साथ दिएका थिए। 

    क्यानडाविरुद्ध टस जितेको नेपालको सुरुवाती ब्याटिङ भने चल्न सकेन। नेपालका दीलिप नाथले ४१ रन बनाए। रोहितकुमार पौडेलले २७ रन बनाए भने आरिफ शेखले २६ रन बनाए। दिपेन्द्रसिंह ऐरीले १८ रन बनाए।

    अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत पार गर्न सकेनन्। नेपालका भरपर्दा ब्याट्सम्यान कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरको ब्याट आजको खेलमा चल्न सकेन।

    नेपालको ब्याटिङलाई छिट्टै गिराउने क्रममा क्यानडाका लागि सेसिल पेर्भेजले ३ महत्वपूर्ण विकेट लिए। एन दत्ताले २ विकेट लिँदा साद विन जाफरको नाममा पनि २ विकेट रह्यो।

    नेपाललाई १९५ रनको चुनौती दिने दिने क्रममा क्यानडाका श्रीमान्था विजेरत्नेले शतक प्रहार गरे। उनले १५० बल खेलेर १०१ रन बनाए।

    क्यानडाका लागि हम्जा तारिकले २४, धिनासाले नटआउट १८ र सइद विन जाफरले १० रन बनाए। अन्य खेलाडीले दोहो अंकमा रन जोड्न सकेनन्। 

    नेपालका लागि वसन्त रेग्मीले ४ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा करण केसी र  शरद भेषवाकरले १-१ विकेट लिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]