|

इलाम : माङसेबुङमा सम्पन्न पवित्रहाङमा गोल्डकपको उपाधि माङसेबुङ युथ सोसाइटी, इलामले चुमेको छ। बुधबार भएको खेलमा माङसेबुङले लेटाङ फुटबल क्लब, मोरङलाई ट्राइब्रेकरमा २–० गोलले पराजित गर्दै उपाधि चुमेको हो।

उपाधिसँगै माङसेबुङले ६२ हजार १६२ रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता लेटाङले ३५ हजार १६२ रुपैयाँमा चित्त बुझाएको छ।

खेलको निर्धारित समयावधिमा दुवै टिमले थुप्रै अवसर पाए पनि गोलमा परिणत गर्न सकेनन्। फलस्वरुप खेल ट्राइब्रेकरमा पुग्यो। ट्राइब्रेकरमा माङसेबुङका सुस्मिता लेप्चा र सिवानी सेर्माले  एक एक गोल गरे भने लेटाङका कुनै पनि खेलाडीले गोल गर्न सकेनन्। 

प्रतियोगितामा लेटाङकी मुना लाओती उत्कृष्ट खेलाडी घोषित भइन्।। यस्तै, माङसेबुङकी प्रिया तामाङ उत्कृष्ट डिफेन्डर, सुस्मिता लेप्चा सर्वाधिक गोलकर्ता र बिसिका राई उत्कृष्ट गोलकिपर घोषित भएका छन्। 

गत माघ २४ गतेदेखि भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र ताप्लेजुङ गरी ८ टिमले सहभागिता जनाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.