|

काठमाडौ‌ : तीन वर्षअघि गोरखा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ। यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ।

सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद जोखिम मूल्याकंन परियोजनाले जापानी सहयोग नियोग(जाइका)सँग मिलेर गरेको अध्ययन प्रतिवेदनले मध्य नेपालको दक्षिण भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्र २२ हजार १ सय ८० जनाको ज्यान जाने देखाएको हो।

तीन वर्षको समय लगाएर गरिएको अध्ययनअनुसार यो क्षमताको भूकम्प दाहोरिए काठमाडौं उपत्यकामा मात्र ८६ हजार ८ सय ६० जना घाइते तथा ११ लाख ९६ हजार विस्थापित हुने उल्लेख छ।

यसअघि पनि विभिन्न दातृ संस्थाहरुले काठमाडौं भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन्। मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सुमन सालिकेले काठमाडौं उपत्यका भूकम्पको उच्च जोखिममा रहेकाले ७.८ रेक्टरको भूकम्प दोहोरिए ५७ प्रतिशतभन्दा बढी उपत्यकावासीलाई अस्थायी वासको व्यवस्था गर्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.