|

दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकाेब जुमाले राजीनामा दिएका छन्। यसअघि आफ्नै पार्टी नेशनल कांग्रेसले बुधबार विपक्षी दलसँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि उनले राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ। जुमाले सरकारी टेलिभिजनबाट राजीनामा घोषणा गरेका हुन्। 

राजीनामा घोषणाका क्रममा अविश्वासको प्रस्ताव ल्याउने धम्कीबाट आफू कहिले विचलित नभएको बताउँदै जुमाले सत्ता हस्तान्तरणका लागि आफ्नो दलसँग केही महिनाको समय मागेको र आफूले गरेका गल्तीबारे जान्न मात्र चाहेको स्पष्ट पारे। 

गत डिसेम्बरमा पार्टीको अध्यक्ष पद गुमाएका ७५ वर्षिय जुमाको कामकारबाहीलाई  लिएर चौतर्फी विवाद भएको थियो। उनीविरुद्ध तीव्र असन्तुष्टि देखिएपछि अाफ्नै पार्टीले राजीनामा मागेको थियो। जुमामाथि  सन् २००९ मा सत्ता सम्हालेदेखि नै पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप समेत लगाइएको छ। जुमाको राजीनामापछि उपराष्ट्रपति एवं पार्टी सभापति सिरिल रामापोसालाई नयाँ नेता चुन्न बाटो खुलेको  छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.