समाज

एक महिनादेखि प्रजिअ नहुँदा तनहुँमा समस्या
SHARES

फागुन ३, २०७४

    दमौली : तनहुँ  जिल्ला एक महिनादेखि प्रमुख जिल्ला अधिकारी (प्रजिअ)विहीन बनेको छ । तत्कालीन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ मा सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौंतर्फ लागेपछि तनहुँ प्रजिअविहीन भएको हो । 

    प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध र हातहतियार खरखजाना, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने कार्य प्रभावित हुँदै आएको बताइएको छ । यतिबेला निमित्त प्रजिअको भरमा जिल्ला प्रशासन कार्य सञ्चालन हुँदै आएको छ । सहायक प्रजिअ तुलसीराम पौडेलले निमित्तका रुपमा गर्ने सबै काम आफूले गरिरहेको बताए। 

    केही सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्न भने समस्या परेको बताइएको छ । सेवाग्राहीका कुनै पनि काम नरोकिएको दाबी सहायक प्रजिअ पौडेलले गरे। निमित्तले गर्न मिल्ने जति सबै काम आफूले गरिरहेको उनले बताए। नयाँ प्रजिअका रुपमा कहाँबाट को आउने हो भन्ने जिल्ला प्रशासन कार्यालयसमेत अनविज्ञता प्रकट गरिरहेको छ । आर्थिक क्षेत्रको कारोबार र राहतका कार्यक्रम नरोकिएको सहायक प्रजिअ पौडेलले बताए।

    केही वर्षअघि प्रजिअ नहुँदा भूपू सैनिकको सिफारिश रोकिँदै आएको थियो । पछिल्ला वर्षमा पेन्सन क्याम्पसँग समन्वय गरी त्यस्ता सिफारिशहरु प्रजिअ नहुँदा निमित्त प्रजिअले समेत गर्नसक्ने व्यवस्था मिलाएकाले यसपटक त्यस्तो समस्या नरहेको दाबी सहायक प्रजिअ पौडेलको छ । तनहुँजस्तो जिल्लालाई एक महिनादेखि प्रजिअविहीन बनाएर राख्नु राज्यको गैरजिम्मेवारीपन भएको तनहुँवासी बताउँछन् । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]