|

अमेरिकको फ्लोरिडास्थित एक विद्यालयमा गोली चल्दा १७ विद्यार्थीको मृत्यु भएको छ। सोही विद्यालयबाट निकालिएका एक जना १९ वर्षीय पूर्व विद्यार्थीले गोली प्रहार गरेको अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीले उल्लेख गरेको छ।

पार्कल्याण्डको मेर्जरी स्टोनम्यान डग्लस हाई स्कुलमा भएको गोली प्रहारमा झन्डै डेढ दर्जन घाइते भएका छन्। प्रहरीले गोली प्रहार गर्ने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

संदिग्ध अपराधीको साथबाट अटोमेटिक राइफल बरामद भएको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.