|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन्। नेपाली सेनाको परमाधिपतिका हैसियतले राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेलाई दर्ज्यानी चिह्न प्रदान गरेकी हुन्।  

राष्ट्रिय गीत, नेपाली भाषा र साहित्यको विविध विधामा पुर्‍याएको योगदानको कदर गर्दै  गत माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई  नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.