|

आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि नेपाल र यूएईबीच बिहिबार प्रतिस्पर्धा हुँदैछ। 

नामिबियाको एन्डरर्स मैदानमा बिहिबार दिउँसो सवा १ बजेबाट खेल सुरु हुनेछ।  समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १  विकेटको सनसनीपूर्ण जित निकालेसँगै नेपाल लिगको शीर्ष स्थानमा रहेको छ। नेपालको जीतमा करण केसी नायक बने। बुधबार नै भएको अर्को खेलमा यूएईले आयोजक नामिबियालाई १९ रनले हराएर समूह चरणको दोस्रो स्थामा रहँदै विश्वकपको यात्रा तय गरेको छ। 

५ मध्ये ४ खेलमा जित निकालेको नेपाल ८ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा रहेको छ। यूएई ६ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रहेको छ। पाँचौ खेलमा क्यानडालाई पराजित गरेको नेपालले पहिलो खेलमा नामिबिया, तेस्रो खेलमा यूएई र चौथो खेलमा केन्यालाई हराएको थियो। दोस्रो खेलमा भने नेपाल ओमनसँग पराजित भएको थियो।

शीर्ष २ मा स्थान बनाएसँगै नेपाल र यूएईले आगामी महिना जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेका छन्। प्रतियोगिता ४ मार्चमा सुरु भएर २५ मार्चमा सकिनेछ। 

छनोट प्रतियोगितामा १० टिमले भाग लिँदैछन्। १० मध्ये २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपमा छनोट हुनेछन्।

र यो पनि,

क्यानडालाई हराउँदै नेपाल विश्वकपमा छनोट, करण केसीले जिताए म्याच 

नेपाललाई सनसनीपूर्ण जीत दिलाएका करण बने 'म्यान अफ द म्याच' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.