|

बारा : पर्साको ठोरी गाउँपालिका–४ घ्याङडाँडामा नेपालकै सबैभन्दा अग्लो बौद्ध झन्डा फहराइने भएको छ। घ्याङडाँडालाई देशभर चिनाउन सबैभन्दा अग्लो झन्डा फहराउन लागिएको ल्होछार मुल आयोजक समितिले जनाएको छ।

६५ फिट अग्लो झण्डा करिव दुई लाख ५० हजार रुपैयाँ लागतमा निर्माण गर्न लागिएको ल्होछार मुल आयोजक समितिका अध्यक्ष बुद्धलाल पाख्रिनले जानकारी दिए। उनका अनुसार स्थानीय बौद्ध धर्मगुरुहरूबाट बौद्ध संस्कृतिअनुसार पूजापाठ गरेपछि झन्डातोलन गरिनेछ।

ठोरी गाउँपालिकाको पहिचान देशभर होस् भनेर अग्लो झन्डा फहराउन लागेको बताइएको छ। हाल काठमाडौस्थित सेतो गुम्बा परिसरमा रहेको ५५ फिट अग्लो बौद्ध झन्डा नै नेपालको सबैभन्दा अग्लो भएको र आफूहरूले त्योभन्दा अग्लो निर्माण गर्न लागिपरेको आयोजकले बताएको छ। 

स्थानीय साङरिन्छेन लिङ गुम्बा परिसरमा झन्डा ठड्याउनका लागि तयारी तीब्र पारिएको छ। फागुन ४ गते घरघरमा ल्होछार मनाइने र ६ गते घ्याङडाँडामा राष्ट्रिय कलाकारहरुको साथमा बृहत् सास्कृतिक कार्यक्रमको आयोजना गरिने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.