|

जिम्बाबेका पूर्वप्रधानमन्त्री तथा प्रमुख विपक्षी नेता ६५ वर्षीय मोरगेन चाङ्गिराइको निधन भएको छ। चाङ्गिराइ क्यान्सरपीडित थिए। उनको दक्षिण अफ्रिकास्थित एउटा अस्पतालमा उनको उपचार भइरहेको थियो। 

समाचार संस्था रोयटर्सका अनुसार उनको बुधबार साँझ निधन भएको हो। चाङ्गिराइ र उनले स्थापना गरेको एमडीसी पार्टीले पूर्वराष्ट्रपति रोबर्ट मुगाबे सत्तामा रहेका बेला उनलाई निरन्तर चुनौती दिइरहे। चाङ्गिराइ र उनका समर्थकहरूले कैयौँ वर्षसम्म मुद्दा खेप्नुपर्‍यो। 

सन् २००८ मा गठबन्धन सरकारमा सहभागी हुने चाङ्गिराइको निर्णयले वर्षौ‌देखिको उच्च मुद्रास्फितिपछि देशको अर्थतन्त्रलाई स्थिर बनाउन सघाएको थियाे।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.