|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिँदै गर्दा प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गर्न एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए। देउवाले राजीनामा दिएलगत्तै प्रधानमन्त्रीमा ओली नियुक्त भएको समाचार बाहिरियो। यति चाँडो कसरी प्रधानमन्त्रीमा ओली नियुक्त भए भन्नेबारे धेरैलाई चासोको विषय बन्यो।

तर, राष्ट्रपति भण्डारीले ओलीलाई नेपालको संविधान २०७२ को धार ७६ को उपधार २ बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरिन्। प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था संविधानमा छ।

संविधानको धार ७६ को उपधारा १ मा व्यवस्था भएअनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ। तर, एमालेले हालसम्म संसदीय दलको गठन नै गरेको छै। संसदीय दलको नेता चुन्नका लागि लागि बिहीबार नै एमाले संसदीय दलको बैठक बस्दै छ। तर एमाले एक्लैको बहुमत नपुगेपछि माओवादीको समर्थनमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। एक्लै बहुमत नपुगेको खण्डमा अन्य दलसँग सहकार्य गर्नुपर्दा संसदीय दलको नेता हुनुनपर्ने संविधानमा उल्लेख छ।

उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एमाले-माओवादीका अन्य नेतासहित प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गर्न राष्ट्रपति कार्यालय पुगेका थिए। नयाँ संविधानको कार्यन्वयनको चरणअन्तर्गत ओली पहिलो प्रधानमन्त्री बन्न सफल भए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष राजिनामा पेस गरेलगत्तै ओलीलाई भण्डारीले नियुक्त गरिन्।

ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यो सँगै ओली प्रधानमन्त्रीमा दोस्रोपटक प्रधानमन्त्री भएका हुन्। उनी यसअघि २०७२ साल असोजमा पहिलोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.