|

काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा चयन गरेको छ।

संसदीय दलको नेतामा चयन भएपछि ओलीले आफूमाथि र पार्टीमाथि ठूलो जिम्मेवारी आएको बताएका छन्। उनले पारदर्शीता, लोकतान्त्रिक मुल्यमान्यता एवं कानुनी राज र शुसासनको पक्षमा सम्झौता नगर्ने बताए। 

उनले भने, 'हामी स्वच्छता कायम गरेरै छाड्छौ। भ्रष्टाचार, ढिलासुस्ती हुनै दिँदैनौँ। कसरी काम गर्ने भनेर मान्यज्यूलाई दिशानिर्देश, प्रशिक्षित गर्छौं। आउने हाजिर लाउने जाने होइन हामी ह्विप जारी गर्छौ।'

पढ्नुस्, ओलीको भनाइ जस्ताको तस्तै:

मलाई हाम्रो पार्टी र संयोजन समितिले प्रधानमन्त्री बनाउने निर्णय गरेको हो। जनताले हामीलाई ठूलो आशा भरोसाका साथ जिम्मेवारी दिएको छ। हाम्रो अवधि तोकिएको छ। त्यसको सामर्थ्य र सीमा छन्। सम्पूर्ण रुपमा असिमितताका साथ काम गर्छौं। हाम्रो इमानको सीमा छैन हामी त्यही इमानदारीताका साथ काम गर्छौं। देश र देशको हितलाई सर्वोपरि राखेर देश र जनताका निम्ति काम गर्छौं। त्यसका लागि पार्टी र संगठित प्रयास चाहिन्छ। जबज अन्तर्गत हामी अगाडि बढेका छौं।

हामीसँग पार्टी संगठन छ। त्यसको स्थानीय तहको ७५३ निकाय छन्। त्यसमा १४ हजार एमालेका मात्रै जनप्रतिनिधि छन्। देशलाई विकास जनतालाई शान्ति र सुख चाहिएको छ। त्यसका निम्ति हामी काम गर्छौ। आफ्नो आचरण पारदर्शी, लोकतान्त्रिक, कानुनी राज र शुसासनको पक्षमा सम्झौता गर्दैनौं । हामी स्वच्छता कायम गरेरै छाड्छौ। भ्रष्टाचार, ढिलासुस्ती हुनै दिँदैनौँ। कसरी काम गर्ने भनेर मान्यज्यूलाई दिशानिर्देश, प्रशिक्षित गर्छौं। आउने हाजिर लाउने जाने होइन हामी ह्विप जारी गर्छौ।

प्रमुख सचेतकमार्फत जारी गरिएको ह्विप मान्नैपर्छ। कतिपय साथीहरू विदेश गएको, कहाँ के गर्दैछ भन्ने पनि थाहा नहुने। यी सबै जानकारीबिना गर्न पाइँदैन।

जिल्ला जाँदा पनि जानकारी गराउनुपर्नेछ। यो संसदीय मोर्चा हो जसलाई पार्टीले निर्देशन गर्छ। हामी एउटा राष्ट्र निर्माणको महाभियानमा छौँ। समस्या, चुनौती आउछन् त्यसलाई समाना गरेर हामी अगाडि बढ्छौ। संसदीय दलको नेता चयन गर्नुभएकोमा धन्यवाद।

पहिरन: पहिरन कहाँ जाँदा, कस्तो अवस्थामा कस्तो पहिरन? भन्ने हुन्छ। संकिर्ण हुन खोजेको होइन तर ख्याल गर्नु। मान्य पुरुषहरु दौरासुरुवाल, कोट, टोपीमा आउनुस। महिलाहरु सकभर साडी चोलोमा आउनुस। आफ्ना विषयमा कमाण्ड हुनेगरी अध्ययन गर्नुस्। हामी महान् संकल्पमा छौँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.