|

रूपन्देही : प्रदेश ५ मा शंखर पोखरेलको नेतृत्वमा ३ सदस्यीय मन्त्रिरिषद्‍को गठन भएको छ। एमाले नेता पोखरेलको नेतृत्वमा माओवादीका कुलप्रसाद केसी र एमालेका बैजनाथ चौधरी (थारू) मन्त्रिपरिषद्‍मा सहभागी भएका हुन्।

पोखरेलले मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

यस्तै, केसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। प्रदेश ५ का प्रदेशप्रमुख उमाकान्त झाले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्को गठन गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.