|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मोहम्द लालबाबु राउत गद्दीले भोजपुरी भाषामा शपथग्रहण गरेका छन्। मुख्यमन्त्रीसँगै संघीय समाजवादी फोरम नेपालका विजय यादवले मैथिली र राष्ट्रिय जनता पार्टी नेपालका जितेन्द्र सोनलले हिन्दी भाषामा शपथग्रहण गरेका हुन्।

जनकपुरधामस्थित जनकपुर चुरोट कारखानामा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नेपालीमा शपथ खुवाएका थिए भने, मुख्य मन्त्री गद्दी भोजपुरी, मन्त्रीहरु क्रमशः विजय यादव र जितेन्द्र सोनलले मैथिली र हिन्दीमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

फोरमका नेता विजय यादवलाई अर्थ मामिला तथा योजना, वन–वातावरण र शिक्षा–सवस्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। मन्त्री र राजपा नेपालका जितेन्द्र सोनललाई भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

सपथपछि मुख्यमन्त्री राउतले सम्बोधन गर्दै पाँचवटा ‘स’ विकास विकासमा लागे प्रदेश नं. २ समृद्ध हुने विश्वास प्रकट गरेका थिए। राउतले सुशासन, शिक्षा, स्वास्थ्य, सिँचाइ, र सडक गरी पाँच ‘स’ मा विकास गर्न सकिए समृद्धि र आर्थिक फडकोलाई कसैले रोक्न नसक्ने बताएका थिए।

उनले भने, २ प्रदेश कृषिको लागि उर्वर भूमि रहेकोले कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने, हुलाकी सडक निर्माण, रेलमार्ग निर्माण गर्ने र जानकी मन्दिर, शखरा भगवति, सहलेश फुलवारी, सिम्रैनगढ जस्ता ऐतिहासिक स्थलको विकास, संरक्षण एवं सम्बद्र्धनमा विशेष पहल हुने बताए। साथै उनले यस प्रदेशलाई औद्योगिक करिडोरको रुपमा विकास गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसंग सम्झौताका लागि पहल गने समेत बताए।

सपथ ग्रहण समारोहमा शपथग्रहण समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, जनकपुर उच्च अदालतका मुख्य न्यायधिश उदय चापागाई, २ नं. प्रहरी प्रदेश प्रमुख विजयलाल कायस्थ सहितका सुरक्षा अधिकारीहरुको पनि सहभागी हुदै शुभकामना तथा बधाई दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.