|

काठमाडौं : वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा अोली प्रधानमन्त्री नियुक्त भएसँगै बिहीबार नै एमालेका नेताद्वय महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली सरकारमा जाने भएका छन्। 

बिहीबार अपराह्न ४ बजे नवनियुक्त प्रधानमन्त्री अोलीसँगै पोखरेल र ज्ञवालीले पनि शपथ लिनसक्ने एमालेका एक नेताले जानकारी दिए। उनले पोखरेलले उपप्रधानमन्त्री र ज्ञवालीले मन्त्रीको रूपमा शपथ लिनसक्ने बताए।

गठबन्धनको अर्को दल माअोवादी केन्द्रले सैद्धान्तिक मेल नभइसकेका कारण तत्काल सरकारमा सहभागी नहुने बताइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.