अन्य मन्त्रालय कहाँ स्थपना गरियो सात वटा मन्त्रालय स्थापना

|

सुर्खेत:  प्रदेश नं ६ मा बिहीबार ६ मन्त्रालय स्थापना गरिएको छ। एउटा मन्त्रालयको लागि भने अझै भवन पाइएको छैन। 
सात मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना हुन बाँकी छ । डिभिजन सिँचाइको कार्यालयले मात्रै नपुग्ने भएपछि नजिकैको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयसमेतलाई मिलाएर मन्त्रालय स्थापना गरिएको मुख्यसचिव प्रधानले जानकारी दिए। 

प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताए। ७ वटा मन्त्रालय रहेकोमा दुई साताअघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालय सञ्चालन भइसकेको छ।
 प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने छन्। 
कुन मन्त्रालय कहाँ
भवन डिभिजन कार्यालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय स्थापना गरिएको छ। मन्त्रालयका सचिव केशवराज आचार्यले पदभार ग्रहण गरेर काम थालिसकेकाछन्। 
क्षेत्रीय शिक्षा निर्देशनालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापना गरिएको छ। मन्त्रालयका सचिव ढुण्डी निरौलाले पदभार ग्रहण गरेर काम सुरु गरेका छन्। 
जिल्ला जनस्वास्थ्य कार्यालयमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ। यो मन्त्रालयमा निमित्त सचिव भक्तबहादुर ढकालले पदभार ग्रहण गरेर कामकाज सुरु गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.