|

विराटनगर : प्रदेश १ को उपसभामुखमा माओवादी केन्द्रकी सांसद सरस्वती पोखरेल (शारदा) चयन भएको छ। बिहीबार बसेको १ नम्बर प्रदेशसभाको बैठकले पोखरेललाई उपसभामुखमा सर्वसम्मत चयन गरेको हो।

उपसभामुखमा चयन गरेलगत्तै पोखरेललाई सभामुख प्रदीपकुमार भण्डारीले सपथग्रहणसमेत गराएका हुन्। प्रदेशसभास्थलमै विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागितामा पोखरेललाई देश र जनताको नाममा भण्डारीले शपथ गराएका हुन्।

यसअघि, संसदमा उपसभामुख पोखरेलका लागि खोटाङका माओवादी सांसद रामकुमार राईले प्रस्ताव गरेका थिए भने धनकुटाका एमाले सांसद इन्द्रमणि पराजुलीले समर्थन गरेका थिए। उपसभामुख चयन गर्दै संसद बैठक आगामी फागुन १४ गतेसम्मका लागि स्थगित गरिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.