|

कास्की : प्रदेश ४ को प्रदेशसभा सभामुखमा माओवादी केन्द्रका सांसद नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन्।

अधिकारी बिहीबार निर्विरोध निर्वाचित भएका हुन्। बुधबार भएको मनोनयनमा अधिकारीको मात्र उम्मेदवारी परेको थियो। आज बसेको प्रदेशसभा बैठकले अधिकारीलाई सभामुखमा निर्विरोध निर्वाचित भएको निर्णय गरेको हो।

माओवादी र एमालेको समर्थनमा अधिकारी प्रदेश ४ को सभामुख भएका छन्।

सभामुख पदका लागि बुधबार भएको मनोनयनमा अधिकारीको मात्र उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.