|

काठमाडौं : यस साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार परिसुचकमा उछाल आएको छ। बिहीबारनै देशको ४१ औँ प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री भएको दिन सेयर बजारमा उछाल देखिएको हो। 

बिहीबार नेप्सेमा ३६ अंकको उकालो देखिएको हो। १ हजार ३८९ अंकबाट सुरु भएको कारोबार अधिकतम १ हजार ४२९ अंक पुगेको थियो। पुन ४ अंक करेक्सन पछि १ हजार ४२४ अंकमा आएर रोकिएको हो। 

यस दिन 'क' वर्गका कम्पनीको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.७२ र सम्पूर्ण सेयर पत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स २.८७ अंकले उकालो लागेका छन्। 

यस दिनै समूहगत उपसूचकहरु पनि सबै उकालो लागेका छन्। नेप्सेमा सबै भन्दा बढी प्रभाव पार्ने नेपाल वाणिज्य बैंकको समूहमा ३१.३९ अंकको उकालो लाग्यो। सबै भन्दा बढी विमा अन्तर्गतका परिसूचक २१३.३९ अंकले उकालो लागे। 

यस दिन ६६ हरोड ३९ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। १६५ संस्था कारोबारमा आएकोमा ६ हजार ८६३ रुपैयाँ बराबरका १५ लाख ६ हजार ६३४ कित्ता सेयर पत्रको कारोबार भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.