|

सौराहा :

खुसी छु म आज धेरै पाएर तिमीलाई 
जिन्दगानी बितोस् त बस् हसाएर तिमीलाई 
जीवन सुरु तिमीसँगै अन्त्य तिमीसँगै 
सक्तिनँ म जिउन एक पल गुमाएर तिमीलाई।

जीवनको अभिन्न मित्र विधानलाई लामो सम्झना गर्दै ‘भ्यालेन्टाइन डे’मा विधि भावुक बनिन्। उनी त्यसै बस्न सकिनन्। आफ्नो अभिन्न मित्र, जीवनभर सँगै जिउने र सँँगै मर्ने बाचा गरेका विधानलाई प्रेम दिवसमा कहाँ भुल्न सक्नु! अनि उनले पत्रै कोरेर भए पनि आफ्नो मनको बह पोखिन्।

यसरी प्रेममा डुबुल्की मार्ने चितवन सौराहाकी एन्जिला चापागाईं दाँतसम्बन्धी विषय अध्ययनरत छन्। प्रेम दिवसको अवसरमा आफ्नो प्रेमी विधानलाई उनले यसरी प्रेमपत्र कोरिन् कि जुन पत्रले निर्णायकको मन तान्यो। 

काल्पनिक पात्र विधानलाई काल्पनिक प्रेमिका विधि बनेर उनले सौराहामा सबैका सामु प्रेमपत्र कोरेकी हुन्। 

‘तिम्रा सारा हर्कत वडा प्यारा लाग्छन्। हरेक बाटा सोझ्याउन नसके नि तिम्रो हरेक यात्राको सहयात्री बनिदिनेछु’, प्रेमपत्रमा उल्लेख छ।  

उनीसँग प्रतिस्पर्धामा अस्मिता गोदार, कृष्ण क्षेत्री, अमृता कार्की, समीक्षा पौडेल र समीक्षा गोदार, पूजा चापागाईं, सिन्धिया शर्मा र अस्मिता पौडेल सहभागी थिए। निर्णायक जगदीश शर्माले सहभागी ८ मध्ये एन्जिलाको प्रेमपत्र उत्कृष्ट घोषित गरे। 

सौराहामा चलिरहेको १२औँ फुड फेस्टिवलमा भ्यालेन्टाइन डेको अवसरमा आयोजित प्रेमपत्र लेखन प्रतियोगितामा उनले उत्कृष्ट हुँदै ५ हजार रुपैयाँ पुरस्कार पाइन्। 
४ वर्षदेखि प्रत्येक वर्ष गरिँदै आएको कार्यक्रममा एक वर्ष बराबरी भए पनि हरेक पुरस्कार हाता पार्दै आएकी एन्जिला हेर्दा पनि साँच्चै आकर्षक छन्। पोखराबाट घुम्न आएकी समीक्षा पौडेल उपविजेता हुँदै २ हजार रुपैयाँ पुरस्कार पाइन्। 

के उनले वास्तविक जीवनको भोगाइ लेखेकी होलिन् त? एउटा प्रश्नमा, खिस्स हाँस्दै भरिला दाँत देखाइन् र भनिन्, ‘भावना।’ वास्तविक हो या होइन, मनमै लुकाइन्।

हेर्नुहोस् उनले लेखेको प्रेमपत्र जस्ताको तस्तै :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.