|

काठमाडौं : 'कृ' नायिका तथा मोडल अदिती बुढाथोकी 'जोय' कम्पनीको उत्पादन 'जोय पपैया सन्'को ब्राण्ड एम्बेस्डर बनेकी छन्। बिहीबार राजधानीमा एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो।

कार्यक्रममा जोय कम्पनीको अधिकृत बिक्रेता एसएम इन्टरप्राइजेजका निर्देशक मनिकर्ण केसीले ब्राण्ड प्रोमोसनमा अदितीसँगको सहकार्य आगमी दिनमा पनि उपलब्धिमूलक हुने बताए। उनले भने, 'अदितीसँगको सहकार्यले आगामी दिनमा उत्पादक र उपभोक्ताबीचको सम्बन्ध सुदृढ हुँदै जानेछ।'

अदितीले पनि आफूले वर्षौंदेखि यस ब्राण्ड प्रयोग गर्दै आएको र यो निकै प्रभावकारी भएको बताइन्। उनी यस कम्पनीको ब्राण्ड एम्बेस्डर बन्न पाउँदा निकै खुसी भएको बताउँछिन्। कर्यक्रममा उनले सबैलाई यस ब्राण्डका समानहरू प्रयोग गर्नसमेत सुझाएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.