|

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु भएको छ। कृषि यान्त्रिकीकरणमा सहयोग पुर्‍याउने उद्देश्यसहित बिहीबारबाट उक्त प्रदर्शनी सुरु गरिएको हो। 

प्रदर्शनीमा नेपाल, भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेल्जियम र नेदरल्याण्ड्सका १२० प्रदर्शनी कक्ष रहेका छन्। प्रदर्शनीमा आधुनिक कृषियन्त्र तथा उपकरण ,आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री उद्योग एवं पशुपालनसम्बन्धी विभिन्न उपकरण बिक्रीमा राखिएका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मिडिया स्पेस सोलुसन्स प्रालि, अन्तर्राष्ट्रिय ट्र्याक्टर लिमिटेड (सोनालिका), महिन्द्रा कम्पनी, पोषण दाना, नेपाल पोल्ट्री महासंघ, कृषि उद्यम केन्द्र–नेपाल, उद्योग वाणिज्य महासंघ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासंघको संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो। 

प्रदर्शनीमा साना औजार, मेसिनदेखि कृषि, डेरी तथा पशुपंक्षी पालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको प्रदर्शनीसमेत गरिएको छ। कृषि, पशु पालन, माछा पालन, कुखुरा पालनलगायत विषयमा विभिन्न विज्ञबाट प्राविधिक गोष्ठीसमेत आयोजना गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.