|

काठमाडौं : प्रधानमन्त्री पदबाट शेरबहादुर देउवाले राजीनामा दिएलगत्तै ललितपुरबाट प्रतिनिधिसभामा निर्वाचित एमालेका सांसद एवं पूर्वप्रहरी नायव महानिरीक्षक नवराज सिलवालले सामाजिक सञ्‍जाल ट्‍वीटरमार्फत खुसी व्यक्त गरेका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गरेसँगै सिलवालले ट्विटरमा लेखेका छन्, ‘कानुनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ।’

उनीविरुद्धको कीर्ते मुद्दा बुधबार मात्र काठमाडौं प्रहरी परिसरले जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको छ। प्रहरी महानिरीक्षक नियुक्तिसम्‍बन्धी कीर्ते मुद्दामा सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते गरी पेस गरेको आरोप सिलवालमाथि लागेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.