|

अभिनेत्री चित्रांगदा सिंहका लागि अघिल्लो वर्ष निकै पीडादायी रह्यो। उनले नवाजुद्दिन सिद्दीकीसँग फिल्मको सुटिङ थालेकी थिइन्। तर बीचमै उनी निकालिइन्। 

त्यसपछि उनले गत वर्ष कुनै फिल्म पाइनन्। जबकी फिल्ममै करियर बनाउनका लागि डिभोर्स गरेको उनको भनाइ थियो। यद्यपी, यो वर्ष चित्रांगदाका लागि केही सुखद हुने देखिएको छ। उनले भर्खरै साहेब र बीबी औंर गैंगस्टार फिल्मको सुटिङ सकेकी छिन्। यसबाहेक उनी सैफ अली खानसँगै फिल्म बान्जारमा पनि देखिनेछिन्।

यस वर्ष उनी छोटो पर्दामा छाउने योजनामा छिन्। उनी छिट्टै एक रियालिटी शोमा आबद्ध हुनेछिन्। त्यसमा उनको भूमिका निर्णायकका रुपमा रहनेछन्। उनी डान्स इन्डिया डान्स लिट्टिल च्याम्प्सको चौथो सिजनमा निर्णायक बस्न लागेकी हुन्। यस शोमा भारतका प्रतिभाशाली बालबालिकाहरुले भाग लिने गरेका छन्। यो चित्रांगदाको डेब्यु टिभी शो हो। यसको सुटिङ १८ फेब्रअरीबाट सुरु हुँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.