|

रुकुम : रुकुमपश्चिमबाट यातायात सेवा प्रदान गर्दै आइरहेको प्रफी यातायात प्रालिले रुकुमपूर्वबाट पनि आफ्नो सेवा सुरु गरेको छ।

बिहीबार एक कार्यक्रबीच भुमे गाउँपालिका– २ काँक्रीदेखि काठमाडौंसम्मको सेवा संचालन गरिएको हो। भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले व्यानर खोलेर औपचारिक रूपमा सेवा संचालनको उद्घाटन गरे। 

बस बाग्लुङको बुर्तिवाङ हुँदै काठमाडांै जाने प्रफी यातायात प्रालिका अध्यक्ष प्रकाश पुनले जानकारी दिए। 

रुकुमपूर्वको प्रधानकार्यालय काँक्रीमै रहनेछ भने टिकट बुकिङ काउन्टर रुकुमकोट, लुकुममा रहनेछन्।

बस सेवा संचालन भएसँगै रुकुमपूर्वका सर्वसाधारणलाई काठमाडांै जानका लागि रुकुमपश्चिम आउने झन्झट हटेको छ। यसअघि रुकुमपूर्वका नागरिक पनि काठमाडौंलगायतका क्षेत्रमा जान रुकुमपश्चिमको सदरमुकाम मुसिकोट हुँदै दाङ, नेपालगन्ज जानुपर्ने अवस्था थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.