|

काठमाडौं : विकास पत्रकार मञ्च (फोडेज), नेपालले यस वर्षको विकास पत्रकारिता सम्मान पत्रकार मोहन मैनालीलाई प्रदान गरेको छ।

फोडेजको दोस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पुराना पत्रकार भारतदत्त कोइरालाले मैनालीलाई सम्मान प्रदान गरेका हुन्।

कोइरालाले मुलुकको समग्र विकास र समृद्धिका लागि विकास पत्रकारिता अपरीहार्य भएको भन्दै ४५ वर्षअघिदेखि आफूले विकास पत्रकारिताको सन्देश दिन थालेको बताए। उनले भने, 'संघीयता कार्यान्वयनसँगै अब विकास पत्रकारिताले स्थान पाउनेछ।'

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले संविधानले स्थानीय तहलाई अनुसूचीमार्फत दिइएका अधिकारको कार्यान्वयन गराउन पत्रकारले कलम चलाउनुपर्ने बताए। 

सम्मानित पत्रकार मैनालीले राजनीतिक समाचार तोरी बाली र विकास पत्रकारिता साग बाली भएको बताए। उनले भने, 'मैले आफ्नो रुचिका काम गर्ने क्रममा विकास पत्रकारिता गरेको हुँ।’

फोडेजले राष्ट्रिय अपांग महासंघ नेपाल र सिबिएमको सहकार्यमा गरेको ‘समावेशी पुनर्निर्माणमा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसाल र महासंघका तर्फबाट कार्यक्रम संयोजक विमल पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि पत्रकारद्वय मोदनाथ ढकाल र लक्की चौधरीले टिप्पणी गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.