|

काठमाडौं : फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'हुर्रे'ले मोफसलमा प्रचार प्रसार सुरु गरेको छ। प्रचारका लागि देश दौडाहामा हिँडेको निर्माण टिम बिहीबार पोखरा पुगेको छ। युनिटले पोखरामा पत्रकार सम्मेलन गर्दै फिल्मका बारेमा अन्तर्क्रियासमेत गरेको छ।

पोखरामा भएको पत्रकार सम्मेलनमा नायिका केकी अधिकारीले फिल्ममा आफू पशुपति परिसरमा फूल बेच्ने युवतीको भूमिकामा देखिन लागेको बताइन्। फिल्मका अर्का कलाकार राजाराम पौडेलले आफू फिल्ममा नायिका केकी अधिकारीसँग नाचेको बताउँदै आफूले पुन: १६ वर्षे उमेरलाई सम्झिएको बताए। उनी फिल्ममा केकीको मायाजालमा पर्छन्।

'याख ईन्टरटेन्मेन्ट'को व्यानरमा निर्माण भएको यस फिल्मलाई यम थापाले निर्देशन गरेका हुन्। निर्देशक थापाकै लेखन रहेको यस फिल्ममा केकी अधिकारी, अनुपविक्रम शाही, राजाराम पौडेल, अंकित खड्का, विजय बराल, संगीता नापितलगायतको अभिनय रहेको छ। फिल्ममा दावा श्रेर्पा, सोनम लामा र छिरिङ दोर्जे लामाको लगानी रहेको छ। शिव ढकालले खिचेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.