|

बारा : उज्यालो नेपालका अभियन्ता एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान देश समृद्धिको योजना भएको बताएका छन्।

बाराको निजगढ– १० लालमा नागरिक अभिनन्दनपछि आयोजित ल्होछार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले विद्युतमा आत्मनिर्भर बनाउन दीर्घकालीन योजना बनाइरहेको बताए।

उनले उपभोक्ताले चाहेजति विद्युत खपत गर्न पाउने स्थिति बनाउन एक–दुई वर्ष लाग्ने जानकारी दिए। ‘अबको योजनामा विद्युत खपत गर्न जोड दिइनेछ’, कार्यकारी निर्देशक घिसिङले भने।

लामो समयदेखि घाटाले जर्जर बनेको नेपाल विद्युत प्राधिकरणलाई ९ महिनामा नै फाइदामा पुर्‍याएको स्मरण पनि गराए घिसिङले।

कार्यक्रमलाई सम्बोधन गर्दै निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछाने खनालले सकारात्मक सोचले समाज समृद्ध बनाउन सकिने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.