|

काठमाडौं : फिल्म 'लम्फू'का ३ पोस्टर सार्वजनिक गरिएको छ। टौवा क्रियशनले तयार पारेको सार्वजनिक ३ वटै पोस्टरमा फिल्मका मुख्य कलाकार कवीर खड्कालाई देखाइएको छ। त्यस्तै, पोष्टरमा मारिष्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा र तरकालीवालीको नामबाट भाइरल भएकी कुसुम श्रेष्ठलाई पनि देख्न सकिन्छ।

बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म लम्फूलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका छन्। यस फिल्मले एक युवकको जीवनमा आइपरेको अकल्पनीय घटनालाई प्रस्तुत गर्नेछ। फिल्म समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुवै बनाउँछ भन्ने कथामा बनेको निर्देशक लामिछानेको भनाइ छ। 

यसअघि फिल्ममा समावेश ४ गीतको अडियो सार्वजनिक भइसकेको छ। सार्वजनिक चारवटै गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। गीतले पनि युट्युबमा सकरात्मक प्रतिक्रिया पाइरहेको छ। निर्माण युनिटका अनुसार अब छिट्टै 'सँगै जिउने सँगै मर्ने' बोलको गीतको भिडियो सार्वजनिक हुनेछ।  

'पपुलर मल्टिमिडिया'को व्यानरमा निर्मित फिल्ममा शक्तिबल्लभ घोरासैनीको लगानी रहेको छ। भूपतिको लेखन रहेको फिल्मलाई दीपक बज्राचार्य खिचेका हुन् भने सम्पादन हरि सिलवालले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.