|

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ को उपाधिका लागि युएईले दिएको २७८ रनको लक्ष्य पछ्याइरहेको नेपाले १०० रन पार गरेको छ।

१०७ रन बनाउने क्रममा नेपालका लागि पारस खड्का ३० र दिपेन्द्रसिंह ऐरीले ३३ रन बनाएर खेलिरहेका छन्। 

नेपाललाई जीतका लागि २६ ओभरमा १७१ रनको आवश्यकता परेको छ। 

नेपालका ओपनिङ ब्याट्सम्यानद्वय ज्ञानेन्द्र मल्ल र दीलिप नाथ आउट भएका छन्। 

ज्ञानेन्द्र २४ र नाथ १३ रनमा आउट भएका हुन्। नाथलाई रोहन मुस्तफाले र मल्ललाई अमिर हायातले आउट गरेका हुन्। 

टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपालसामु २७८ रनको चुनौती पेश गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.