|

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार शपथ ग्रहण गरेका छन्। नेकपा एमालेका अध्यक्ष ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

ओलीलाई वाम गठबन्धनको घटक माओवादी केन्द्रले प्रधानमन्त्रीका लागि समर्थन गरेको हो। सोही आधारमा ओली लाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराएकी हुन्। 

राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच शपथ ग्रहण गराएकी हुन्। 

राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्रीहरू, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता थियो। 

यस्तो रह्यो नवनियुक्त प्रम ओलीको शपथ ग्रहण कार्यक्रम : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.