|
फाइल फोटो

  • धर्मराज जीसी-

सुर्खेत : प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन्। 

पूर्व ऊर्जामन्त्रीसमेत रहेका शाहीले एमालेको समर्थनमा बिहीबार प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष दाबी पेस गरेका थिए।

दावी पेस गरेसँगै शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। बिहीबार नै मुख्यमन्त्रीमा चयन भए पनि शपथग्रहण भने शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने प्रदेश सचिवालयले जनाएको छ। 

मुख्यमन्त्रीमा नियुक्त भइसकेपछि बोल्दै नवनियुक्त मुख्यमन्त्री शाहीले प्रदेश ६ अनुदानमा चलिरहेको भन्दै सबैभन्दा पहिले यस प्रदेशलाई आत्मनिर्भर बनाउने बताए। शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी थालिएको शाहीले जानकारी दिए।

प्रदेश ६ मा मुख्यमन्त्री माओवादीको भागमा परे पनि एमालेले आलोपालोको प्रस्ताव राखेपछि मुख्यमन्त्री चयनमा ढिलाइ भएको थियो। एमाले संसदीय दलका नेता यामलाल कँडेलले केन्द्रीय सहमतिअनुसार नै प्रदेश ६ मा पनि सरकार बन्ने बताए।

प्रदेश ६ मा जम्मा ४० सांसदमध्ये एमालेका २० र माओवादीका १३ गरी वाम गठबन्धनका ३३ जना छन् भने कांग्रेसका ६ र राप्रपाका १ सांसद रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.