|

काठमाडौं : फागुन ४ गते अर्थात भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'कान्छी'को रोमान्टिक गीत रिलिज भएको छ। रिलिजको अघिल्लो दिन निर्माण टिमले यस फिल्मको उक्त गीत सार्वजनिक गरेको हो।

सार्वजनिक 'यो मन रमाउँदै' बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्। दिवाकर भट्टराईको शब्द रहेको गीतमा अन्जु पन्त र युवराज चौलगाईंको स्वर सुन्न सकिन्छ।

सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र श्वेता खड्का फिचरिङ छन्। वसन्त श्रेष्ठले नृत्य निर्देशन गरेको भिडियोमा दया र श्वेता एकअर्काको माया पाएकाले रमाउँदै गरेको देख्न सकिन्छ।

शुक्रबारबाट ७० बढी हलबाट प्रदर्शनमा आउने यस फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका छन्। मुस्ताङ, अपर मुस्ताङ, जोमसोम, राजधानीलगायतका ठाउँमा खिचिएको यस फिल्ममा शैलेश खड्का निर्माताका रूपमा रहेका छन्। रविन खड्का यस फिल्मका सहनिर्माता हुन्।

'काया फिल्मस्' र 'बुम रेमिट'को ब्यानरमा निर्माण भएको यस फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, शम्भुजित बाँस्कोटाको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व समावेश छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई वनीष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

हेर्नुहोस् भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.