|

सोलुखुम्बु : खुम्बुपासाङल्हमु गाउँपालिका– ३ ठाडोकोसीका काल्देनवाङ्छु शेर्पाको घरमा आगलागी  भएको छ। आगालागीका कारण पूरै घर र घरमा रहेका सबै सामग्री जलेर नष्ट हुँदा करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। 

बिहीबार दिउँसो सवा १ बजे आगलागी भएको सामुदायिक प्रहरी सेवा केन्द्र लुक्लाका प्रमुख नाम्गेल शेर्पाले जानकारी दिए। आगलागीको कारण यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

पीडित परिवार अहिले आफन्तको शरण लिएर बसेका छन्। पीडितका छोराछोरी र बाआमा गरी ४ जनाको परिवार रहेको स्थानीयले बताएका छन्। 

घरमा लागेको आगो नियन्त्रणमा आए पनि त्यहाँबाट सल्किएको आगो जंगलमा फैलेको छ।  स्थानीय बासिन्दा, नेपाली सेना तथा नेपाल प्रहरी तथा पैदल यात्रीले आगो नियन्त्रणको प्रयास गरे पनि नसकेको शेर्पाले बताए। बस्ती नजिकै जंगलमा भएको आगलागीले बस्ती जोखिममा पर्न सक्ने भन्दै बस्तीतर्फ आउने आगोलाई रोक्ने प्रयत्न गरिएको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.