|

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ को उपाधिका लागि युएईविरुद्ध नेपालका कप्तान पारस खड्काले सानदार शतक प्रहार गरेपनि जीत भने दर्ता गर्न सकेन।

नेपाल युएईसँग ७ रनले पराजित भयो। यो जीतसँगै युएईले विश्व क्रिकेट लिग डिभिजन २ को उपाधि जितेको छ।

युएईले दिएको २७८ रनको चुनौती पछ्याएको नेपालले निर्धारित ५० ओभरमा २७० रन मात्रै बनायो।

नेपालका लागि कप्तान पारस खड्काले नटआउट ११२ रन बनाए। त्यस्तै दिपेन्द्रसिंह ऐरी ३५, शरद भेषवाकर ३०, ज्ञानेद्र मल्ल २४, रोहितकुमार पौडेल २३ दीलिप नाथले १३ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

युएईक लागि अमिर हयातले ४ विकेट लिए। इमरान हैदेरले २ विकेट झार्दा रोहन मुस्तफा र अहमेद रज्जाको नाममा १-१ विकेट लिए।

टस जितेर ब्याटिङ रोजेको युएईका लागि अस्फाक अहमदले शतकीय पारी खेले। अहमदले ११४ रन प्रहार गरेका थिए। रमिज सहजादले नटआउट ४१ रन प्रहार गरे। रोहन मुस्तफाले ५१ रन प्रहार गर्दा सहिमन अनवरले ४० रन हाने।

नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र सन्दीप लामिछानेले १-१ विकेट लिए। युएईको १ विकेट रनआउटबाट झरेको थियो। 

नेपाल र युएई सन् २०१९ को विश्वकप छनोटमा प्रवेश गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.