|

काठमाडौं : भारतबाट मेसिन जडान गर्ने इन्जिनियर नआउँदा सकारी स्वामित्वको नेपाल औषधी लिमिटेडको सिटामोल उत्पादमा ढिलाइ भएको छ। कम्पनीले माघभित्रै सिटामोल उत्पादन गर्ने लक्ष्य राखेको थियो । 

माघभित्रै भारतबाट इन्जिनियर आएर उत्पादन गर्ने मेसिन जडान गर्ने योजना भएपनि उनीहरु नआउँदा उत्पादनमा ढिलाइ भएको कम्पनीका महाप्रबन्धक रोभसकुसुम सुवेदीले बताए। 

कम्पनी पुनः सञ्चालनमा ल्याउने भएपछि नयाँ औषधी उत्पादनका लागि नयाँ मेसिन झिकाइएको थियो। ल्याइएका मेसिनमध्ये दुईवटा जडान भइसकेका छन्। एउटा जडान गर्न बाँकी छ।

नेपालमै प्राविधिक भए पनि मेसिन ल्याइएको कम्पनीबाटै जडान गर्ने इन्जिनियर ल्याउन लागिएको हो। सिटामोेल उत्पादनको लागि उद्योगलाई जिएमपीमा लैजाने काम भइरहेको छ। केही ढिलो भए पनि फागुनको दोस्रो हप्ता सम्ममा सिटामोल उत्पादन सुरु गर्ने सुवेदीले दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.