|

काठमाडौं : हिउँद लागेपछि काठमाडौं उपत्यकामा खानेपानीको चरम अभाव देखिएको छ। खानेपानीको माग र आपूर्तिबीच ठूलो अन्तर हुँदा अभाव देखिएको हो। 
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले हाल माग अनुसार खानेपानीको आपूर्ति गर्न सकिरहेको छैन। 

उपत्यकामा दैनिक खानेपानीको माग ४१ करोड ५० लाख लिटर छ । केयूकेएलले भने दैनिक १० करोड ७२ लाख लिटर मात्र पानी वितरण गर्दै आएको छ। १० करोड ७२ लाख लिटरमध्ये पनि २० प्रतिशत पानी चुहावटबाटै सकिने केयूकेएलको दसौं वार्षिक प्रतिवेनमा उल्लेख छ। बर्सेनि बढ्दै गए पनि केयूकेएलले चुहावट रोक्न प्रभावकारी योजन भने ल्याएको छैन। कम आपूर्ति र त्यसमा पनि ठूलो मात्रामा चुहावट हुँदा उपभोक्ताले मार खेप्दै आएका छन्। 

खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव अनिलभद्र खनाल मागअनुसार आपूर्ति गर्ननसक्दा नै सुख्खायाममा खानेपानीको अभाव हुने गरेको बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.