|
फाइल फोटो

काठमाडौं : माओवादी केन्द्रले पार्टी एकता नटुंगिएसम्म सरकारमा नजाने संकेत गरेको छ। एमाले अध्यक्ष केपी ओलीनेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुटेसम्म सरकारबाहिरै रहने नीति माओवादीले अँगाल्ने भएको हो।

जनताको बहुदलीय जनवादमा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई ‘ब्रिफिङ’ गरेका थिए। दाहालले समग्र प्याकेज नटुंगिएसम्म सरकारमा जान नहुने बताएका थिए।

यही कारण माओवादीले ओलीलाई प्रधानमन्त्रीको दाबी प्रस्तुत गराउँदा समर्थन गररे पनि सरकारमा भने सहभागिता जनाएन। ओलीले पहिलो चरणमा मन्त्रिपरिषद् गठन गर्दा माओवादीका दुई नेता सिफारिस गर्न आग्रह गरेका थिए।

ओलीले पहिलो चरण एमालेका तीन र माओवादीका दुई गरी पाँच सदस्यीय मन्त्रिपरिषद् बनाउने योजना बनाएका थिए। तर माओवादीले तत्कालका लागि सरकारबाहिरै बसेर समर्थन गर्ने सूचना पठाएपछि ओलीले एमालेका दुई मन्त्रीमात्र नियुक्त गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.