|

तेह्रथुम : फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ वर्षीया मेनुका खनाल कार्कीले बिहीबार तीन बच्चा जन्माएकी छिन्। सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै जन्मिए पनि बच्चाहरुको स्वास्थ्य गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। 

मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकै पटक तीन छोरालाई जन्म दिएकी सिम्ले स्वास्थ्य चौकीका इन्चार्ज देउकुमार राईले जानकारी दिए। सात महिना १२ दिनमै जन्मिएका तीनवटै बच्चाको तौल कम छ। तौल कम भएका कारण उनीहरुलाई बचाउन मुस्किल हुने उनले बताए। अहिले पहिलो बच्चाले मात्रै दूध तान्न सकेको स्वास्थ्य इन्चार्ज राईले बताए। पहिलो बच्चाको तौल १.८ केजी तथा दोस्रो र तेस्रोको १.६ केजी रहेको छ। सामान्य अवस्थाको बच्चाको तौल कम्तीमा पनि २.५ केजी हुन्छ। 

बच्चा स्वस्थ राख्न 'इन्कुबेटर'मा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पुर्‍याउनु जरुरी हुन्छ। बच्चाहरुलाई जिल्लाबाहिर लैजान स्वास्थ्य चौकीले रेफर गरिसकेको छ। तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण जिल्लाबाहिर लैजान नसकेको मेनुकाका श्रीमान् दिलबहादुर कार्कीले बताए। 

संखुवासभाको मादी घर भई दुई वर्षदेखि यहाँ तरकारी व्यापार गर्दै आएकी कार्कीका यसअघि एउटा पनि सन्तान बचेका छैनन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.