|
फोटो : BikalpaNews

पर्वतः म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ – म्याग्दीखोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ। चार वाणिज्य बैंकहरु र दुई विकास बैंकले बित्तिय ब्यवस्थापन सम्झौतामा हस्ताक्षर भएसंगै निर्माण कार्यले तिब्रता पाउने भएको हो।

आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले लगानी गर्नेछन्।

यी ४  वााणिज्य र दुई विकास बैंकले ३ अर्ब ५० करोड ऋण लगानी गर्ने सम्झौता भएको धौलागिरी हाइड्रो कम्पनीका अध्यक्ष विनोद कुँवरले जानकारी दिए। कुल ५ अर्ब १४ करोड लगानी रहेको परियोजनामा संस्थागत पुँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गर्ने आयोजनाले जनाएको छ।

पानीको वाहव ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रेस हेड १०४ मिटर छ। आयोजनालाई साढे ३ बर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
परियोजनाबाट उत्पादित विद्युत १४ किलोमिटर लामो १ सय ३२ के.भि ट्रान्समिटर लाईन हुँदै प्रस्तावित डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.