|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा शुक्रबार  बिहान ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। 

तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ को ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसेको हो। 

दुर्घटनामा बाह्रबिसे नगरपालिका–८ मानेस्वराका ३५ वर्षीय चालक शेखर अधिकारी, सोही स्थानका ४० वर्षीय सुब्बा अधिकारी र २० वर्षीय कमल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.